+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बालुवाटार बैठक निष्कर्षविहीन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते १२:३०

२७ चैत, काठमाडौं । संसद बैठकलाई निर्वाध सन्चालन गर्ने प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता पक्ष र प्रतिपक्षी दलका नेताहरुसँग गरेको छलफल निष्कर्षविहीन भएको छ ।

सत्ता पक्ष र प्रतिपक्ष दुवै आ–आफ्नो अडानमा कायम रहेपछि बैठक निष्कर्षविहीन भएको हो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी संस्थाको रकम अपचलनमा मुछिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान राख्दै आएको छ । बालुवाटार बैठकमा सहभागी कांग्रेस नेताहरु कृष्णप्रसाद सिटौला र गगन थापा आफ्ना अडानमा टसमस भएनन् ।

तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने संसदीय छानबिन समिति गठन गर्न नहुने पक्षमा उभिए । त्यसपछि बैठक निष्कर्षमा पुग्न सकेन ।

छलफलमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछाने, नेपाली कांग्रेसका नेताहरु सिटौला र थापा सहभागी थिए ।

बालुवाटारको बैठक निष्कर्षविहीन भएपछि सभामुख देवराज घिमिरेले संसद भवनमा सत्ता पक्षका नेताहरुसँग छुट्टै छलफल गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?