+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘आईएमई पे’ सुपर वालेटमा ‘सुपर बेनिफिट’

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते १४:३५

काठमाडौं  ।  सुपर वालेटलाई परिचित गराएको ‘आईएमई पे’ ले  नयाँ वर्ष  २०८१ का अवसरमा  सुपर वालेट प्रयोगकर्ताहरूलाई  दर्जन भन्दा बढी नयाँ सुविधाहरू दिने भएको छ ।

यस सुपर बेनिफिट प्याकेजमा ‘आईएमई पे’ प्रयोगकर्ताहरूले वालेट ब्यालेन्समा बैंकहरुले दिने बराबरको ब्याज, बैंकमा पैसा  ट्रान्सफर गर्दा नि:शुल्क सेवा, हरेक कारोबारमा अधिकतम रिवार्ड पोइन्ट, स्वास्थ्य बिमा प्याकेजमा आकर्षक छुट, भर्चुअल भिसा कार्डबाट अनलाइन भुक्तानीमा  गर्दा तुरुन्तै क्यास ब्याक पाउने छन् ।

यसै गरी हवाई टिकट खरिदमा तथा घरायसी उपभोग्य सेवाहरूको भुक्तानीमा निरन्तर प्रोमो कोडहरु, केबलकारहरूको टिकट खरिदमा विशेष छुटका साथै वर्षैभरि  ६ हजार रुपैयाँसम्मको क्यास ब्याक फाइदा पनि ‘आईएमई पे’ प्रयोगकर्ताहरूले पाउने छन् ।

आईएमई डिजिटलका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले नयाँ वर्षको अवसर पारेर सुरुवात गर्न  लागिएको  थप सुविधा सहितको यस प्रिमियम  प्याकेजले ‘आईएमई पे’ का प्रयोगकर्ताहरूलाईइ सुपर वालेटमा आबद्ध रहेको महसुस गराउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?