+
+

मनिषा कोइराला स्टारर नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते २१:२७

काठमाडौं । सञ्जयलीला भन्सालीको बहुप्रतिक्षित श्रृंखला ‘हीरामण्डी : द डायमण्ड बजार’ को ट्रेलर सार्वजनिक भएको छ । पाकिस्तानको शाही इलाका हिरामण्डीमा आधारित यो श्रृंखलामा प्रेम, शक्ति र स्वतन्त्रताको लडाइ देखाइएको छ ।

यो श्रृंखलाले लाहोरको शाही छिमेकी हीरामण्डीका यौनकर्मीको जीवनलाई चित्रण गर्छ । यसले देशको स्वतन्त्रताको समयमा यौनकर्मी महिलाको जीवनशैली र उनीहरूको संघर्ष देखाउँछ । यो श्रृंखलाले तपाईंलाई त्यो समयमा लैजान्छ जब भारत स्वतन्त्रताको लागि लडिरहेको थियो ।

ट्रेलरमा मल्लिका जान (मनिषा कोइराला) हीरामण्डीमा एक्लै छिन्, जसले उच्च वर्गका दरबारको घरमा शासन गर्छिन् । मल्लिका जान बिना कुनै डर आफ्नो शासन चलाउँछिन्, तर एक दिन उनको पुरानो शत्रुकी छोरी फरीदान (सोनाक्षी सिन्हा) को आगमनसँगै तनावको वातावरण सिर्जना हुन थाल्छ ।

ब्रिटिश शासनबाट भारत स्वतन्त्रताको माग गर्दै क्रान्तिकारीले प्रदर्शन गर्दा सहर पनि अशान्त छ । मल्लिका जानकी छोरी बिब्बो जान (अदिती राव हैदरी) स्वतन्त्रता संग्राममा सामेल हुन्छिन् । यसैबीच मल्लिकाकी कान्छी छोरी आलमजेब (शरमिन सहगल) नवाब (राजा)का छोरा ताजदार (ताहा शाह बदुशा) सँग प्रेमको सपना देख्छिन् र हीरामण्डीबाट बाहिर जान चाहन्छिन् ।

भन्सालीको यो श्रृंखला यसवर्षको बहुप्रतीक्षित वेबसिरिजमध्ये एक हो । यो श्रृंखलाले सन् १९४० को दशकमा ब्रिटिस राज विरुद्धको भारतीय स्वतन्त्रता आन्दोलनका क्रममा लाहोरको हिरामंडीको रेडलाइट एरियामा यौनकर्मी महिलाको जीवनलाई हाइलाइट गर्छ ।

सिरिजलाई भन्साली र मिताक्षरा कुमारले निर्देशन गरेका हुन् । भन्साली यो सिरिजमार्फत ओटीटी डेब्यू गर्दैछन् । सिरिजमा सोनाक्षी सिन्हा, मनिषा कोइराला, अदिति राव हैदरी, ऋचा चड्डा, अध्यायन सुमन, शेखर सुमन, फरदीन खान, सञ्जीदा शेख र तह शाह बदुशाको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?