+
+

उच्च मूल्यबाट २ सय घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २९ गते ११:४७

२९ चैत, काठमाडौं । उच्च मूल्यबाट सुनको भाउ २ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा पुगेर उच्च रेकर्ड बनाएको सुन बिहीबार २ सयले घटेर १ लाख ३६ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विगत केही सातादेखि नै सुन बढ्दा उच्च दरमा बढ्ने तर घट्दा न्यून दरमा घट्ने गरेको छ । चैत ४ गते सुनको भाउ प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदी भने स्थिर रहेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?