+
+

नेपाललाई दोस्रो सफलता, दीपेन्द्रको उत्कृष्ट रन आउट

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३ गते १३:२७

३ वैशाख, काठमाडौं  । हङकङले एसीसी प्रिमियर कपमा नेपालविरुद्ध मध्यम सुरूवात गरेको छ । अल अमरेत क्रिकेट ग्राउण्ड १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले सुरूवाती ६ ओभरमा २ विकेट गुमाउँदै ३८ रन बनाएको छ ।

हङकङका अंशुमन रथ १७ बलमा ३ चौकासहित १६ र बाबर आयत शून्यमा क्रिजमा छन् । ओपनर मार्टिन कोट्जीले दोस्रो ओभरको तेस्रो बलमा व्यक्तिगत ५ रनमा जीवनदान पाएका थिए ।

सोमपाल कामीको बलमा ठूलो सट खेल्न खोजेका मार्टिनको बल हाइ गएको बेला गुलशन झाले क्याच छाड्न पुगेका थिए । दक्षिण अफ्रिकी मुलका मार्टिनलाई त्यो ठूलो जीवनदान थियो । तर करणको अर्को ओभरको पहिलो बलमा टप एज लागेर उनी विकेटकिपर आसिफ शेखबाट ८ रनमा क्याच आउट भए ।

१ रन लिनेक्रममा निजाकत खानलाई दीपेन्द्रसिंह ऐरीले १२ रनमा उत्कृष्ट रन आउट गरेपछि नेपालले दोस्रो सफलता हात पारेको हो । मिडअफबाट दीपेन्द्रले डाइरेक्ट थ्रो गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?