+
+

नेपाल र साउदी अरबको खेल ८ ओभरको हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ५ गते १३:५७

५ वैशाख, काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरबबीचको खेल ८ ओभरको हुने भएको छ ।

खेल निर्धारित समय मध्याह्न ११ : ४५ मा अल अमरेत क्रिकेट ग्राउन्ड–२ मा सुरु हुनुपर्ने थियो । तर, मंगलबार राति भएको वर्षाको कारण समयमा हुन सकेन । अब खेल दिउँसो २ : १५ मा सुरु हुनेछ ।

नेपाल समूह ए बाट ३ खेलमा ६ अंकका साथ विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ ।

साउदी अरब ३ खेलमा २ हार र एक जितसहित २ अंकसाथ तेस्रो स्थानमा छ । नेपाललाई हराउन सके ४ अंकसाथ सेमिफाइनल खेल्ने साउदीको सम्भावना हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?