+
+

काठमाडौंको डिल्लीबजारबाट जुवातास खेलेको आरोपमा ७ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ५ गते १६:५७

५ वैशाख, काठमाडौं । डिल्लीबजारबाट जुवातास खेलेको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–३० डिल्लीबजार बस्ने गोपीनी महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–२ ठुलाछाप घर भई काठमाडौं कीर्तिपुर बस्ने ४२ वर्षीय श्यामकाजी खत्रीसहित ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ५ सय ५ रूपैयाँसहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?