+
+

गुल्मी कारागारका कैदी बन्दीलाई टिभी

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ६ गते १४:५४

६ वैशाख, गुल्मी । नेपाल निजामती कर्मचारी संगठन गुल्मीले आफनो स्थापना दिवसको अवसरमा जिल्ला कारागार गुल्मीका कैदी बन्दीहरुलाई बिहीबार सामग्री प्रदान गरेको छ । संगठनले आफ्नो ३४ औं स्थापना दिवसको अवसरमा कारागारका कैदी बन्दीलाई टिभी दिएको हो ।

संगठनमा रहेका कर्मचारीले रकम संकलन गरेर कैदी बन्दीहरुलाई ४२ इन्चको टिभी प्रदान गरिएको नेपाल निजामती कर्मचारी संगठन गुल्मीका अध्यक्ष भीमलाल खनालले बताए ।

दिवसको अवसरमा आधिकारिक ट्रेड युनियन जिल्ला अध्यक्ष खिमबहादुर अधिकारीले देश संघीयतामा गइसकेको करिब एक दशक पुग्नै लाग्दा समेत संघीय निजामती सेवा ऐन जारी नहुँदा अन्यौलता सिर्जना भएको बताए ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका पूर्वकेन्द्रीय अध्यक्ष गणेश बस्यालले देशभरका पेसाकर्मीहरु एक हुनुपर्ने मान्यता बोकेर संगठन स्थापना भएको बताए । कर्मचारीहरुका समस्याहरुलाई निराकण गर्ने उदेश्यले कर्मचारीहरु संगठित हुँदै आएको उनले बताए ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले कारागारमा धेरै समस्याहरु रहे पनि संगठनले जल्दोबल्दो समस्यालाई सम्बोधन गरेको बताए ।

२५ जनाको क्षमता रहेको गुल्मी कारगारमा अहिले १ सय १७ जना कैदी बन्दी छन् । जसमध्ये कैदी ८४ जना, ३० जना थुनुवा, ३ जना नाबालक छन् । त्यसमध्ये पुरुष कैदी ७७ जना, २६ जना थुनुवा छन् । महिला कैदी ७ जना, थुनुवा ४ जना रहेको जिल्ला कारागार गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?