+
+

भारतीय युवकको हत्या आरोपमा सर्लाहीबाट भारतकै रञ्जित बैठा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ७ गते ८:०२

७ वैशाख, जनकपुरधाम । एक भारतीय युवकको हत्या आरोपमा फरार रहेका भारतीय युवक सर्लाहीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य सितामढी जिल्ला सोनबर्षा थाना ग्राम पञ्चायत पुरनदहा राजवडा पश्चिम ५ बस्ने २७ वर्षीय रञ्जितकुमार बैठा छन् ।

४ साउन २०८० मा सर्लाही हरिवन नगरपालिका लखन्देही पुल मुनि टाउको फेला परेका भारतको बिहार राज्य सितामढी जिल्ला पुरौना भिलेज पोष्ट थाना मनियारी ५ बस्ने २३ वर्षीय गोलु भन्ने अभिषेक राजको हत्या अभियोगमा फरार रहेका बैठालाई पक्राउ गरेको हो ।

घटना पश्चात फरार रहेका बैठालाई खोज तलासको क्रममा  गत वैशाख ४ गते राति ११ बजेको समयमा सर्लाहीको मलंगवा नगरपालिका ८ गोरखकालीस्थित लागेको महायज्ञ मेलामा घुमिरहेको अवस्थामा पक्राउ गरेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?