+
+

सी डिभिजन लिगमा मनोहराको दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ७ गते १९:१६

७ वैशाख, काठमाडौं । मनोहरा युनाइटेड युथ क्लबले शहीद स्मारक सी डिभिजन लिगमा दोस्रो जित हात पारेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा शुक्रबार भएको एक मात्र खेलमा मनोहराले सिरहाको गोलबजार स्पोर्टस् क्लबलाई २–१ ले पराजित गरेको हो ।

मनोहराका लागि आविष्कार खड्काले १८औं र उत्तम शाहीले ५१औं मिनेटमा गोल गरे ।

गोलबजारका लागि विश्वास राईले ६१औं मिनेटमा एक गोल फर्काए ।

दोस्रो जितपछि मनोहराले तीन खेलबाट ६ अंक जोडेको छ । पहिलो खेलमा सोसियल वेलफेयर स्पोर्टस् सेन्टर क्लबसँग पराजित भएको मनोहराले दोस्रो खेलमा स्पोर्टस् एकेडेमी साँगालाई हराएको थियो ।

गोलबजार भने अझै अंकविहीन छ । पहिलो खेलमा स्वयम्भूसँग बराबरी खेलेको गोलबजार दोस्रो खेलमा झम्सिखेलसँग पराजित भएको थियो ।

तीन चरणको खेल सकिंदा पुल्चोक स्पोर्टस् क्लब र आरसी ३२ फुटबल एकेडेमीले शतप्रतिशत जित निकाल्दै समान ९ अंक जोडेका छन् । समान अंक भए पनि गोलअन्तरमा अघि रहँदै पुल्चोक शीर्ष स्थानमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?