+
+

एक्सन हिरो आशिर्वादले ‘नीरमाया’मा गरे प्रियंका र सलिनासँग रोमान्स

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ९ गते २०:०४

काठमाडौं । गायक कृष्ण विकको नयाँ म्युजिक भिडियो ‘नीरमाया’ चर्चित फिल्म ‘नाई नभन्नू ल’ सिरिजका कलाकारको जमघटको मेसो बनेको छ । प्रियंका कार्कीदेखि आशिर्वाद क्षेत्रीसम्म भिडियोमा प्रस्तुत छन् ।

प्रियंका कार्की र मोडल सलिना खत्रीसँग आशिर्वादको दोहोरो रोमान्स यसमा देख्न सकिन्छ । ‘नाईं नभन्नू ल’को पछिल्लो श्रृंखलामा एक्सन अवतारको रुपमा दर्शकको मन जितेका आशिर्वादको यो डेब्यु म्युजिक भिडियो समेत हो ।

गीतमा बिकले स्मिता दाहालसँग युगल स्वर दिएका छन् । प्रेमिल भावको गीतमा शब्द तथा सङ्गीत भीम बिसीको छ । वर्षमा २ मात्र गीत सार्वजनिक गर्दै आएका गायक विकले आफूले संख्यामा भन्दा गुणस्तरमा ध्यान दिने गरेको बताए ।

यसअघि विकले ‘हजुर मुसुक्कै’, ‘यानी माया रानी माया’, ‘रातो टिकी’ लगायतका गीत सार्वजनिक गरेका थिए ।

गीतमा अभिनेता क्षेत्रीले गीत, भिडियो मेकिङको कन्सेप्ट र टिम हेरेर अभिनय गर्न तयार भएको गायक तथा प्रस्तुतकर्ता बिकले बताए । उनका अघिल्ला गीतमा राजेश हमाल, दिलीप रायमाझी, निरुता सिंह लगायतका प्रसिद्ध कलाकारले अभिनय गरेका थिए ।

‘नीरमाया’को भिडियोलाई जीबी आग्रीले निर्देशन गरेका छन् भने कोरियोग्राफर कविराज गहतराज हुन् । सञ्जय लामाले छायाङ्कन गरेको भिडियोका सम्पादक मिलन श्रेष्ठ हुन् भने कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?