
१३ वैशाख, काठमाडौँ । संयुक्त राष्ट्रसंघ नेपाल र कथा साथले संयुक्त रुपमा क्वेयर युवाहरुलाई रचनात्मक लेखन कार्यशाला ‘आफ्नै कोठा’ सञ्चालन गरेका छन् । एकदिवसीय सृजनात्मक एक दिने लेखन कार्यशालामा १६ क्वेयर युवाहरूले सहभागिता जनाएका छन् ।
संयुक्त राष्ट्र संघले ‘आफ्नै कोठा’ भनेको लेख्न चाहने तर कहाँबाट सुरु गर्ने भन्ने थाहा नभएका वा लेख्नको लागि सहयोग खोजिरहेका क्वेयर लेखकहरूका लागि तयार गरिएको एउटा रचनात्मक कार्यक्रम भएको जनाएको छ ।
‘यो कार्यशाला सन् २०२२ को डिसेम्बरमा आयोजित एउटै नामको लेखन रेसिडेन्सीको विस्तार र विस्तारबाट प्रेरित भएको थियो । जहाँ नेपालभरका ६ जना लेखकहरूले १० दिनसम्म सँगै लेखेका थिए,’ संयुक्त राष्ट्र संघ नेपालद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4