+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सार्वजनिक खरिद सूचना पत्रिकामा अनिवार्य प्रकाशित गर्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १४ गते १६:३०

१४ वैशाख, काठमाडौं । सार्वजनिक खरिद सम्बन्धी सूचनाहरू पत्रपत्रिकामा अनिवार्य रूपमा प्रकाशित गर्नुपर्ने भएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणाली निर्देशिका–२०८० जारी गर्दै विद्युतीय खरिद प्रणालीमार्फत बोलपत्र आह्वान गरेपछि पत्रपत्रिकामा बोलपत्र आह्वान नगर्नुपर्ने व्यवस्था उल्लेख गरेको थियो ।

निर्देशिकाको दफा ५ (१) मा ‘सरकारी कोष प्रयोग गरी खरिद गर्ने संस्थाले खुला रूपमा बोलपत्र वा पूर्वयोग्यता वा प्रस्ताव आह्वान गरी निर्माण कार्य वा मालसामान वा परामर्श सेवा वा अन्य सेवा खरिद गर्दा विद्युतीय खरिद प्रणालीमार्फत मात्र गर्नु पर्नेछ’ उल्लेख गरेको थियो ।

यो व्यवस्थाविरुद्ध राष्ट्रिय विज्ञापन संघ नेपाल (नान)को तर्फबाट १३ मंसिरमा सर्वोच्च अदालतमा रिट परेको थियो ।

न्यायाधीश सुष्मालता माथेमा र अब्दुल अजीज मुसलमानको इजलासले गत २० पुसमा फैसला गरेको थियो । उक्त फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको छ ।

फैसलाको पूर्णपाठले बोलपत्रको सूचना अब पत्रपत्रिकामा पनि अनिवार्य रूपमा गर्नुपर्ने उल्लेख गरेको छ ।

निर्देशिकाको दफा ५ (१) मा रहेको मात्र भन्ने शब्दलाई बदर गरेको फैसलाको पूर्ण पाठमा उल्लेख छ । त्यसैगरी दफा ४५ मा विद्युतीय खरिद प्रणालीमार्फत बोलपत्र आह्वान गरिएको अवस्थामा बोलपत्र खरिद प्रक्रियासँग सम्बन्धित कुनै पनि सूचना अन्य माध्यमबाट प्रकाशन गर्नुपर्ने छैन भन्ने उल्लेख थियो ।

सर्वोच्चले फैसलाको दफा ४५ को व्यवस्था समेत बदर गरेको छ । उक्त दफा बदर भएसँगै अब पत्रपत्रिकामा पनि अनिवार्य रूपमा सूचना प्रकाशित गर्नुपर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?