
१६ वैशाख, काठमाडौं । बझाङ प्रदेश सभा १ ‘क’को मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता कायम राखेका छन् ।
४२१५ सदर मतमध्ये भण्डारीले १५९३ प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ९९८ मत पाएका छन् ।
उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ९५५ मत पाएका छन् । एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ५९५ मत प्राप्त गरेका छन् ।
बझाङमा आइतबार दिउँसोदेखि मतगणना सुरु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4