+
+

एकैवर्षमा तेस्रोपटक यूएईमा गुञ्जिंदै मंगोलियन हार्ट

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १९ गते १६:४५

काठमाडौं । केही समयअघि अस्ट्रेलिया, दक्षिण कोरिया र पोखरामा माहोल तताएको लोकपप ब्यान्ड ‘मंगोलियन हार्ट’ले अब यूएईको दुबईमा बृहत कन्सर्ट गर्ने भएको छ ।

दुबईको बरदुबईमा एसके सेभेन क्लबले गर्ने कार्यक्रममा गायक राजु लामासहित ब्यान्डका सदस्यले दर्शक झुमाउनेछन् । ब्यान्डका म्यानेजर एवं गिटारिस्ट बबी लामाका अनुसार वैशाख २२ गते प्रस्तुति दिने तय भएको हो ।

‘संसारभर नेपालीहरुले विभिन्न माध्यमबाट नेपाली संगीतको प्रवर्द्धन गरिरहेका छन् । नेपालीकै लगानीमा ठूलो क्लब खोलिंदा त्यहाँ नेपाली संगीत पनि बज्ने हो । सुरुवात हामीबाटै हुँदैछ,’ म्यानेजर लामाले भने ।

क्लबका लगानीकर्ता काठमाडौंका सरोज विष्ट हुन्, जो १३ वर्षदेखि दुबईमा व्यवसाय गर्दै आइरहेका छन् । राजु लामा ‘फ्रन्ट म्यान’ रहेको ब्यान्डले कार्यक्रममा आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्ने जनाइएको छ । यूएईमा पछिल्लो एक वर्षमा मंगोलियन हार्टको यो तेस्रो कन्सर्ट हो ।

३२ वर्षअघि सन् १९९२ मा स्थापना भएको यो ब्यान्ड लोक, स्लो रक, पप मेलोडी संगीतका लागि लोकप्रिय छ । ब्यान्डको रिदम गिटारमा बबी लामा, ड्रममा सन्तोष थापा, लिड गिटारमा भुपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् ।

‘बादलपारिको देशबाट’, ‘मेरो नेपाल’, ‘सुम्निमा’, ‘म माया लाउँदिनँ’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’, ‘उँभो उँभो खासा’ मंगोलियन हार्टका लोकप्रिय गीत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?