+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २३ गते १८:४६

२३ वैशाख,बुटवल। पटक-पटक म्याद थप र ताकेता गर्दा पनि बुटवलको चौराहा–गोलपार्क खण्डको सडक निर्माण ठेक्का रद्द गरिएको छ । बुटवलको मुख्य बजार क्षेत्रको साढे ३ किलोमिटर सडक सात वर्ष अघि बिरुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले ठेक्का पाएर काम थालेको थियो ।

समयमै निर्माण कार्य पूरा गर्न संघ,प्रदेश र स्थानीय सबै तहका जनप्रतिनिधि र क्षेत्रको आग्रह र निर्देशनलाई ठेकेदारले बेवास्ता गरेको भन्दै आइतवार ठेक्का रद्द गरिएको हो ।

सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी महेश्वर दाहालले पटक–पटकको आग्रह निर्देशनलाई बेवास्ता गरी काम नगर्ने ठेकेदार कम्पनीसँगको ठेक्का तोडिएको बताए । दाहालले अब छिट्टै नयाँ सहमतिअनुसार अर्को ठेक्का प्रक्रियामा जाने बताए । अहिलेसम्म यो सडकको काम ५० प्रतिशत मात्र भएको छ ।

तीन वर्षमा सक्ने गरी २०७३-०७४ मा आयोजनाको ५३ करोड ९७ लाख ९९ हजार रूपैयाँमा ठेक्का लगाइएको थियो । कार्यालय यस अघि पनि पटक–पटक ठेक्का तोड्ने चेतावनी दिँदै आएको थियो । तर कन्स्ट्रक्सनका ठेकेदार सुवित श्रेष्ठले त्यसलाई बेवास्ता गरेका कार्यालयले जनाएको छ ।

डिभिजन सडक कार्यालय, बुटवलका प्रमुख विसुनदास लामाले काम सम्पन्न गर्नेतर्फ कम्पनीले चासो नदखाएपछि ठेक्का तोडिएको बताए ।

‘निर्माण कम्पनीलाई कार्य सम्पन्न गर्न लिखित तथा मौखिक रुपमा अनुरोध गर्दा पनि काम भएन’, इन्जिनियर लामाले भने, ‘ठेक्का सम्झौताका सर्त बमोजिम दायित्व पूरा नगरेकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ अनुसार ठेक्का अन्त्य गर्ने निर्णय भएको हो ।’ मेन लाइन, सर्भिस लेन, नाली लगायतका काम भएका छैनन् । सडकको कारण बुटवल बजार क्षेत्र अस्तव्यस्त छ ।

बुटवल उपमहानगरपालिकाले पनि ठेकेदारलाई राखेर निर्माण गति दिन आग्रह गर्दै आएको थियो । चौराहा गोलपार्क सँगै बेलहिया बुटवल खण्डका केही साइडहरुको पनि ठेक्का तोडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?