+
+

करिनाले छाडेपछि यशको फिल्म ‘टक्सिक’मा नयनताराको प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २४ गते १२:०४

काठमाडौं । करिना कपुरले यश स्टारर दक्षिण भारतीय फिल्म ‘टक्सिक’बाट कन्नड फिल्ममा डेब्यु गर्न लागेकी थिइन् । तर व्यस्तताको कारण देखाउँदै फिल्म छाडिन् । अब उनको ठाउँमा साउथकी ‘लेडी सुपरस्टार’ नयनताराले अभिनय गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पिंकभिल्लाका अनुसार निर्देशक गीतु मोहनदास र यशले यो फिल्मबारे पछिल्लो साता नयनतारासँग पटक-पटक भेटघाट गरेका छन् । प्रतिवेदनमा नयनताराले फिल्म ‘टक्सिक’ गर्न चासो देखाएको र अहिले प्रि-प्रोडक्सनको काम भइरहेको जनाइएको छ ।

फिल्ममा यशकी बहिनीको क्यारेक्टरको पटकथा राम्रोसँग बनाइएको छ । त्यो बलियो भूमिकाले नयनताराको छविसँग राम्रोसँग मेल खाने बताइएको छ । स्क्रिप्ट पढेपछि गीतु मोहनदासले यति बलियो चरित्र निर्माण गरेकोमा नयनतारा खुसी छिन् ।

करिनाले पनि यो फिल्ममा यशकी बहिनीको भूमिका निर्वाह गर्ने जनाइएको थियो । एक अन्तर्वार्तामा उनले यसबारे संकेत पनि गरेकी थिइन् ।

नयनताराले गत वर्ष ‘जवान’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन्, त्यसपछि उनको छवि भारतव्यापी विस्तार भएको छ । यसअघि नयनतारा कन्नड फिल्म सुपर (२०१०) मा देखिएकी थिइन् । नयनताराले यो फिल्म गरिन् भने यो उनको दोस्रो कन्नड फिल्म हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?