+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

सभामुखले शीर्ष नेताहरुसँग छलफल गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २५ गते ७:३७

२५ वैशाख, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरुको बैठक बोलाएका छन् । सभामुखको कार्यकक्षमा आज बिहान साढे ११ बजे प्रधानमन्त्रीसहित शीर्ष नेताहरुको बैठक बोलाइएको हो ।

सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बैठकमा बोलाइएको उनको सचिवालयले जनाएको छ ।

यही वैशाख २८ गतेदेखि सुरु हुने बर्खे अधिवेशन सहज रुपमा सन्चालनको वातावरण बनाउने प्रयासमा शीर्ष नेताहरुलाई बैठकमा बोलाइएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समितिको अडान राख्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो । कांग्रेसको अवरोधले सदनको कारवाही प्रभावित भएपछि सभामुखले शीर्ष नेताहरुको बैठक बोलाएका हुन् ।

सभामुखले सदनको अवरोध खुलाउन गएको अधिवेशनमा पनि दुई पटक शीर्ष बैठक आहवान गरेका थिए तर, सहमति हुन सकेको थिएन । सहकारी प्रकरणबारे सदनमा उठेका विषयलाई सहमतिमा टुंग्याउन सभामुखले प्रमुख सचेतक, सचेतक र कार्यव्यवस्था समितिमा अलग–अलग छलफल गरेका थिए । सभामुख निर्वाचित भएको १५ महिनामा सभामुखको पहलमा ९ पटक शीर्ष बैठक बसेको उनको सचिवालयले जनाएको छ ।

व्यक्ति तोकेर नभई संकटमा रहेका सहकारी संस्थाहरुको समग्र समस्या समाधान गर्ने गरी संसदीय समिति बनाउने प्रयासमा सत्ता गठबन्धनका दलहरु छन् । तर नेपाली कांग्रेसले रवि लामिछानेलाई बाहिर राख्ने गरी छानबिन समिति बन्न नसक्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?