+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

शीर्ष नेताहरूसँग छलफलको तयारीमा प्रधानमन्त्री कार्की

प्रधानमन्त्री कार्यालय सम्बद्ध स्रोतले भन्यो, ‘राजनीतिक दलका दोस्रो तहका नेताहरू र उहाँहरूनिकट नागरिक समाजका मान्छेहरूसँग विभिन्न तवरले सूचना आदानप्रदान भइरहेको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ८ गते १४:०८

८ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की विभिन्न दलका शीर्ष नेताहरूसँगको वार्ताका लागि तयारीमा जुटेकी छन् । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन उनी दलका शीर्ष नेताहरूसँगको छलफलमा जुटेकी हुन् ।

स्रोतका अनुसार दलका दोस्रो तहका नेता र नागरिक समाजका केही अगुवाहरूले प्रधानमन्त्री कार्कीसँग शीर्ष नेताहरूको भेटवार्ताका लागि पहल गरिरहेका छन् ।

विभिन्न दलका शीर्ष नेताहरूसँग वार्ताको तयारी भइरहेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । तर, कुन–कुन दलका शीर्ष नेताहरूसँग वार्ताको तयारी भइरहेको भन्नेबारे भने खुलाइएको छैन ।

‘छलफल चलिरहेको छ । एकसाथ भेट्ने कि अलगअलग भेट्ने विषय छलफलकै क्रममा छ,’ प्रधानमन्त्री कार्यालय सम्बद्ध स्रोतले भन्यो, ‘राजनीतिक दलका दोस्रो तहका नेताहरू र उहाँहरूनिकट नागरिक समाजका मान्छेहरूसँग विभिन्न तवरले सूचना आदानप्रदान भइरहेको छ ।’

शीर्ष नेताहरूसँगको छलफलका लागि प्रधानमन्त्री कार्कीले यही साताभित्रै निम्तो पठाउनसक्ने उक्त स्रोतको दाबी छ ।

‘यही हप्ताभित्रमा निम्तो जान्छ कि भन्ने हिसाबले कुरा भइराखेको छ, मिति तय भइसकेको छैन’ प्रधानमन्त्री कार्यालय सम्बद्ध स्रोतले भन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?