+
+

चिनीको भाउ स्थिर राख्न उद्योगमन्त्रीलाई ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २५ गते १५:१७

२५ वैशाख, काठमाडौं । चिनीको मूल्यमा स्थिरता कायम तथा आपूर्तिमा सहज व्यवस्थापन गराउन राष्ट्रिय स्वतन्त्र पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको ध्यानाकर्षण गराएको छ ।

चिनी उत्पादनमा आत्म–निर्भर हुदैँ निर्यात गर्न सक्ने पर्याप्त सम्भावना रहँदा समेत राष्ट्रिय मागको करिब ६० प्रतिशत चिनी मात्र आन्तरिक उत्पादनले धानेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

रास्वापाको उद्योग तथा वाणिज्य विभागका प्रमुख गणेश पराजुलीको नेतृत्वमा गएको टोलीले गत वर्ष समयमा नै चिनी मौज्दातको पर्याप्त व्यवस्थापन गर्न सरकार चुकेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

सरकार व्यवस्थापनमा चुक्दा दशैं र तिहारको २२० रुपैयाँ सम्म प्रतिकेजी चिनिको मूल्य परेको जनाइएको छ । अभावको समयमा कालोबजारी र चोरी आयातले प्रसय पाउँदा भन्सार कर प्राप्तिबाट पनि बञ्चित हुनु परेको तथ्य मन्त्री भण्डारीलाई रास्वपाले देखाएको छ ।

‘अनुमानित माग, वार्षिक करिब ३ लाख मेट्रिक टनको ५८ प्रतिशतदेखि ६० प्रतिशतसम्‍म मात्र आन्तरिक उत्पादनले धान्ने देखिन्छ । त्यसकारण करिब ४० प्रतिशत अर्थात १ लाख २० हजार मे.टन चिनी अपुग हुने प्रष्ट देखिन्छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ,‘यतिखेर छिमेकी देशका उपभोक्ताले प्रति केजी रूपैयाँ ८६/-( भारतीय रुपैयाँ ५५/-) मा चिनी उपभोग गर्न पाइरहेका छन् भने सिमाना वारी हाम्रोमा रु १०० प्रतिकेजी तिर्दै आएको विषयमा मन्त्रालय बेखबर छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?