+
+

नक्कली लाइसेन्स प्रकरणमा थप दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २५ गते १८:५९

२५ वैशाख, काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सूर्यकुमार चौधरी र वसन्त पाण्डे छन् । उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीका अनुसार चौधरी पूर्वकर्मचारी हुन् भने पाण्डे बिचौलिया हुन् ।

योसँगै नक्कली लाइसेन्स प्रकरणमा पक्राउ पर्नेहरूको संख्या ९ पुगेको छ । यसअघि सीआईबीले यातायात कार्यालयका ३ जना कर्मचारी र ४ जना लाइसेन्स लिने व्यक्तिलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरूविरुद्ध सीआईबीले कीर्तेको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?