+

५ लक्षण, जुन युरिक एसिड बढी हुँदा पिसाबमा देखिन्छन्

२०८१ वैशाख  २७ गते ११:३६ २०८१ वैशाख २७ गते ११:३६
५ लक्षण, जुन युरिक एसिड बढी हुँदा पिसाबमा देखिन्छन्

गलत खानपान र खराब जीवनशैलीका कारण हिजोआज धेरैलाई युरिक एसिडको समस्याले सताउने गरेको छ । युरिक एसिड शरीरमा उत्पादन हुने एक प्रकारको फोहोर पदार्थ हो, जुन प्युरिन नामक रसायनको विघटनबाट बनेको हुन्छ ।

सामान्यतया, मिर्गौलाले यसलाई फिल्टर गर्छ र पिसाबको माध्यमबाट शरीरबाट बाहिर निकाल्छ । तर मिर्गौलाले राम्रोसँग काम नगर्दा शरीरमा यसको मात्रा बढ्छ । जसकारण यो जोर्नी वरिपरि क्रिस्टलको रुपमा जम्मा हुन थाल्छ ।

शरीरमा युरिक एसिडको मात्रा बढेपछि जोर्नी दुख्ने, सुन्निने जस्ता समस्या हुन्छ । सही समयमा उपचार गरिएन भने यसले स्वास्थ्यमा गम्भीर हानि पुर्‍याउन सक्छ । जब युरिक एसिडको स्तर बढ्छ, शरीरमा धेरै लक्षण देखा पर्छन् । साथै, पिसाबमा पनि यसका केही लक्षण देख्न सकिन्छ ।

पिसाब गर्दा पोलेको अनुभूति

शरीरमा युरिक एसिडको मात्रा बढेमा पिसाब गर्दा पोल्ने हुने समस्या हुनसक्छ । यसबाहेक, पिसाब गर्दा दुखाइ पनि हुनसक्छ । तर यो युरिन इन्फेक्सन वा अन्य केही रोगको लक्षण पनि हुनसक्छ । यस्तो अवस्थामा चिकित्सकलाई जाँच गराएर सही कारण पत्ता लगाएर उपचार गर्नुपर्छ । यसको समयमै उपचार नगरे युरिक एसिडको समस्या बढ्न सक्छ ।

पिसाबको रङमा परिवर्तन

युरिक एसिडको मात्रा बढी भएमा पिसाबको रङमा पनि परिवर्तन देखिन सक्छ । जसकारण पिसाबमा फिंज देखापर्ने वा रङ धमिलो देखिने हुन्छ । यदि फिंजयुक्त वा गाढा रङको पिसाब भयो भने चिकित्सकको परामर्श लिएर पिसाबको परीक्षण गराउनुपर्छ । यो मिर्गौलाले राम्ररी काम नगरेको संकेत हो ।

पटक–पटक पिसाब लाग्ने

युरिक एसिडको मात्रा बढेमा बारम्बार पिसाब लाग्ने समस्या पनि हुनसक्छ । जब युरिक एसिड बढ्छ, मिर्गौलाले राम्रोसँग काम गर्न सक्दैन । यसले मिर्गौलामा भार बढाउँछ, जसकारण बारम्बार पिसाब फेर्ने इच्छा हुन्छ । लामो समयदेखि यस प्रकारको समस्या देखिएमा चिकित्सकसँग परामर्शक गर्नुपर्छ ।

पिसाबमा रगत देखापर्ने

शरीरमा युरिक एसिडको मात्रा बढेमा शरीरमा पानीको कमी हुनसक्छ । यो संक्रमण भएको संकेत पनि हुनसक्छ । तर पिसाबमा रगत देखिएका कारण संक्रमण हो या युरिक एसिड बढेको लक्षण हो भनेर छुट्याउनुपर्छ ।

पिसाबमा गन्ध

शरीरमा युरिक एसिडको मात्रा बढ्दा पिसाबबाट कडा गन्ध आउन थाल्छ ।  तर यसका पछाडि केही अन्य कारण पनि जिम्मेवार हुनसक्छन् । मधुमेह जस्ता रोगमा पनि पिसाबको गन्ध कडा हुनसक्छ । यदि यस्ता लक्षण देखिएमा पनि परीक्षण गरेर कारण पत्ता लगाउनुपर्छ ।

एजेन्सीको सहयोगमा

पिसाब संक्रमण युरिक एसिड स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

के हुन्छ जब हामी धेरै नुन खान्छौं ?

के हुन्छ जब हामी धेरै नुन खान्छौं ?

युरिक एसिड कसरी हुन्छ ?

युरिक एसिड कसरी हुन्छ ?

सहरमा बस्नेलाई किन जरुरी छ भिटामिन डी सप्लिमेन्ट ?

सहरमा बस्नेलाई किन जरुरी छ भिटामिन डी सप्लिमेन्ट ?

‘जुत्ता सुँघाएर निको हुँदैन छारेरोग, उपचारको नयाँ प्रविधि छ’

‘जुत्ता सुँघाएर निको हुँदैन छारेरोग, उपचारको नयाँ प्रविधि छ’

‘तौल घटाउन ८० प्रतिशत भूमिका खानाको हुन्छ’ (भिडियो)

‘तौल घटाउन ८० प्रतिशत भूमिका खानाको हुन्छ’ (भिडियो)

यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?