+

युरिक एसिडमा के खाने, के नखाने ?

२०८० मंसिर  ५ गते १३:२७ २०८० मंसिर ५ गते १३:२७
युरिक एसिडमा के खाने, के नखाने ?

चिसो बढेसँगै विभिन्न रोगको समस्या देखा पर्छ । त्यसमा एक हो युरिक एसिड बढ्नु । युरिक एसिड बढ्दा हाडजोर्नी सुन्निने, दुख्ने र झमझम गर्ने समस्या हुन्छ । जाडोयाममा धेरै देखिने यो रोगले वृद्ध उमेरका व्यक्तिलाई बढी सताउँछ ।

स-साना जोर्नी दुखाइबाट सुरु हुने युरिक एसिड बढ्दै जाँदा दैनिक जीवन नै कष्टकर बन्न सक्छ र सामान्य हिंडडुलमा पनि समस्या हुन्छ । रगतमा युरिक एसिडको मात्रा बढी भएपछि हुने यो एक जटिल र दीर्घरोग पनि हो ।

युरिक एसिड हुँदा कस्तो खानेकुरा बार्ने ?

खानामा प्रोटिनको मात्रा बढी भएमा युरिक एसिडको समस्या देखा पर्छ । प्रोटिन धेरै भएका खानेकुरा खाँदा सन्तुलन मिलाएर खानुपर्ने हुन्छ । अमिलो खानेकुरा, जंकफुड र प्याकेट फुडबाट टाढा रहनुपर्छ । यस्तै तामा, लामो समय सीसीमा खाँदेर राखिएको अचार (गुन्द्रुक, सिन्की) युरिक एसिड भएको व्यक्तिले खानु हुँदैन । यस्ता खानेकुराले दुखाइ बढाउँछ ।

युरिक एसिड भएका व्यक्तिले रातो मासु खानु हुँदैन । दुखाइ कम छ भने गेडागुडी, कुखुराको मासु, माछा खान सकिन्छ, तर दुखाइ निकै बढी छ भने यी खानेकुरा पनि नखाएकै राम्रो हुन्छ ।

युरिक एसिडको औषधि सेवनसँगै खानेकुरामा नियन्त्रण गर्न सकेमा बल्झिने सम्भावना एकदमै न्यून हुन्छ ।

के के खान मिल्छ ?  

युरिक एसिड हुँदा पानीको मात्रा बढी हुने खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ । युरिक एसिड पिसाबको माध्यमबाट पनि बाहिर निस्किने भएकाले काँक्रो, खर्बुजा, दूध, फलफूल, हरियो तरकारी, दही, कफी, ग्रिन टी, सलादजस्ता पानीको मात्रा धेरै हुने खानेकुरा फाइदाजनक हुन्छ ।

त्यसैगरी युरिक एसिडको समस्या भएकाले प्रशस्त मात्रामा पानी पिउनुपर्छ । खानाका साथै दैनिक पसिना आउने गरी शारीरिक व्यायाम पनि गर्नुपर्छ । किनकि माटोपनको कारणले पनि शरिरमा युरिक एसिड बढाउँछ ।

खानै नहुने ?

युरिक एसिड भएकाले रातो मासु (राँगो, खसी, भेडा, सुगुरको मासु) र अल्कोहल पूर्ण रुपमा खान बन्द गर्नुपर्छ । रातो मासु र मदिराले शरीरमा युरिक एसिडको मात्रा बढाउनुका साथै शरीरमा बनेको युरिक एसिडलाई पिसाबको माध्यमबाट निस्कन अवरोध पुर्‍याउँछ ।

सामान्यतया यसको दुई तरिकाले उपचार गर्न सकिन्छ- मेडिकल (औषधि प्रयोग गरेर) र नन-मेडिकल (औषधिको सेवन बिना) । मेडिकल उपचारमा युरिक एसिडको समस्या र जटिलता हेरी एलोप्याथिक, आयुर्वेद, होमियोप्याथिक जस्ता चिकित्सा पद्धतिबाट उपचार गर्न सकिन्छ । नन-मेडिकल उपचारमा खानपानमा ध्यान दिन सुझाइन्छ ।

(अर्थोपेडिक सर्जन डा. पन्त चितवनको भरतपुर अस्पतालमा कार्यरत छन उनीसँग अनलाइखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

डा. सुनिल पन्त युरिक एसिड स्वास्थ्य
लेखक
डा. सुनिल पन्त
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

दिनभर एसीमा बस्दा बढ्न सक्छ स्वास्थ्य समस्या, कसरी बच्ने ?

दिनभर एसीमा बस्दा बढ्न सक्छ स्वास्थ्य समस्या, कसरी बच्ने ?

स्वास्थ्य बीमा बोर्डले हटायो १८७ थरी औषधि

स्वास्थ्य बीमा बोर्डले हटायो १८७ थरी औषधि

भावना तपाईंमाथि हाबी छ कि तपाईं भावनामाथि ?

भावना तपाईंमाथि हाबी छ कि तपाईं भावनामाथि ?

रजोनिवृत्ति : महिलाको जीवनको स्वाभाविक परिवर्तन, चुनौती र समाधान

रजोनिवृत्ति : महिलाको जीवनको स्वाभाविक परिवर्तन, चुनौती र समाधान

एकराज परियारको उपचारका लागि सहयोग प्राप्त

एकराज परियारको उपचारका लागि सहयोग प्राप्त

रक्सी पिएपछि शरीरभित्र कहाँ–कहाँ पुग्छ ? के–के हुन्छ ?

रक्सी पिएपछि शरीरभित्र कहाँ–कहाँ पुग्छ ? के–के हुन्छ ?