+

छोराछोरीलाई उत्कृष्ट बनाउन खोज्दा आमाबाबु डिप्रेसनमा परेका त छैनन् ?

२०८१ वैशाख  २७ गते १८:२१ २०८१ वैशाख २७ गते १८:२१
छोराछोरीलाई उत्कृष्ट बनाउन खोज्दा आमाबाबु डिप्रेसनमा परेका त छैनन् ?

आफ्नो सन्तान जीवनमा उत्कृष्ट होस्, राम्रो करिअर बनाओस् भन्ने हरेक अभिभावकको सपना हुन्छ । त्यसैले अभिभावकले आफ्ना सन्तानलाई विद्यालय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट बनाउन सक्दो प्रयास गर्छन् ।

पढाइसँगै बालबालिकालाई खेलकुद, कला र अन्य धेरै सीप सिकाउने प्रयास गरिन्छ । तर एक नयाँ अनुसन्धानले आफ्ना सन्तानलाई उत्कृष्ट बनाउन मिहिनेत गर्ने अभिभावकका लागि यो हानिकारक साबित भएको बताएको छ । अध्ययनअनुसार आफ्ना छोराछोरीलाई उत्कृष्ट बनाउने प्रयास गर्दा आमाबाबु मानसिक दबाबमा परेर बिरामी महसुस गरिरहेका छन् ।

आमाबाबुको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव

ओहायो युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले गरेको अनुसन्धानमा अमेरिकाका ७०० भन्दा बढी अभिभावकले भाग लिएका थिए । सर्वेक्षणमा सहभागी ५७ प्रतिशत अभिभावकले आफू यो कुराबाट निकै प्रभावित भएको स्वीकार गरेका छन् । अध्ययनमा भनिएको छ, आमाबाबु आन्तरिक र बाह्य अपेक्षाहरूसँग असन्तुष्ट महसुस गर्छन् । यसले आमाबाबु आफैंलाई मानसिक रुपमा दबाब महसुस भइरहेको छ ।

सन्तानका साथै उनीहरुलाई आफ्नो जीवनसाथीसँगको सम्बन्ध कसरी सम्हाल्ने भन्ने चिन्ता पनि हुन्छ । साथै घरलाई व्यवस्थित र सफा राख्ने दबाब पनि हुन्छ ।

अध्ययनका प्रमुख अनुसन्धानकर्तामध्ये एक र ओहायो स्टेट कलेज अफ नर्सिङका एसोसिएट क्लिनिकल प्रोफेसर केट गोलिकले भने, ‘पूर्ण अभिभावकत्वको मापदण्डअनुसार बाँच्न खोज्दा मानिसहरू कमजोर हुन सक्छन् ।’

सामाजिक सञ्जालले अपेक्षा बढाएको छ

चार सन्तानकी आमा,  एक कामकाजी महिलाको रुपमा र आफ्नो अनुभवका आधारमा यो अनुसन्धान गरेकी गोलिकले भनिन्, ‘मलाई लाग्छ, सामाजिक सञ्जालले अभिभावकत्वबारे पाठ पढाएको छ । आमाबाबुको हैसियतमा हामीले हाम्रा छोराछोरीबाट धेरै अपेक्षा राखेका हुन्छौं । हाम्रा छोराछोरीले के गर्नुपर्छ भनेर हामी धेरै सोच्छौं ।  साथै, हामी आफू र आफ्ना छोराछोरीलाई अरू मानिससँग तुलना पनि गर्छौं ।’

विशेषगरी आमाबाबुको मानसिक स्वास्थ्य र व्यवहारले उनीहरूका बच्चाको मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्छ । बालबालिकामा मानसिक स्वास्थ्यसँग सम्बन्धित कुनै समस्या देखा परेमा अभिभावकलाई निकै समस्या हुन्छ । यसकारण उनीहरूले आफूले भनेअनुसार नगर्दा बच्चालाई गाली गर्ने, पिट्ने पनि गर्न सक्छन् ।

अर्कोतर्फ, आमाबाबुसँग बिताएको गुणस्तरीय समयले बच्चामा चिन्ता र डिप्रेसन जस्ता मानसिक स्वास्थ्य समस्यालाई धेरै हदसम्म कम गर्न सक्छ ।

छोराछोरी हुर्काउन आमाबाबुले यी कुरा गर्नुपर्छ

अध्ययनले सुझाव दिन्छ कि आमाबाबुले आफ्ना छोराछोरीसँगको सम्बन्ध सुधार गर्ने प्रयास गर्नुपर्छ । शान्त भएर उनीहरूको कुरा सुन्नुपर्छ । आफ्नो नकारात्मक विचारबाट बच्न र सकारात्मक सोच्ने प्रयास गर्नुपर्छ । बच्चाहरूसँग कुरा गर्नुपर्छ र उनीहरूबाट तपाईंको अपेक्षा के हो भनी बताउनुपर्छ । साथै सम्भव भएसम्म बच्चाको हरेक सकारात्मक कुरामा सहयोग पनि गर्नुपर्छ ।

एजेन्सीको सहयोगमा

अभिभावकत्व डिप्रेसन सन्तान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय