+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

राष्ट्रिय सभामा प्रतिनिधि सभाको छाया पर्न दिन हुन्न : माओवादी सांसद शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २८ गते १६:२७

२८ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माया प्रसाद शर्माले राष्ट्रिय सभामा प्रतिनिधि सभाको छायाँ पर्न दिन नहुने बताएका छन् ।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रतिनिधि सभामा उठेका विषय राष्ट्रिय सभामा पनि उठाएर अवरोध गरिए राष्ट्रिय सभाकै औचित्यमाथि नै प्रश्न उठ्न सक्ने बताए ।

‘म यहाँ करिब करिब चार ४ वर्ष भयो । यहाँ अन्तरविरोध र अन्तरसंघर्ष त्यस्तो देखिएन । सबै हामीले मेलमिलापकै बीचबाट गर्‍यौँ । अब फेरि विस्तारै प्रतिनिधिसभाको छायाँ यहाँ पर्छ जस्तो लाग्छ । यो भयो भने राष्ट्रियसभाको अर्थ हुँदैन’ उनले भने ।

माओवादी सांसद शर्मा भन्दा अगाडि बोलेका राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा कृष्ण सिटौलाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न समिति गठन नभए सदन नचल्ने बताएका थिए ।

कांग्रेसले गृहमन्त्री लामिछाने सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लगाउँदै आएको छ । यस सम्बन्धमा संसदीय छानकिन समिति गठन हुनुपर्ने कांग्रेसको माग छ । यो माग कांग्रेसले प्रतिनिधि सभामा अघिल्लो अधिवेशनमै उठाएको थियो । कांग्रेसले प्रतिनिधि सभाको कार्यसूचीमा समेत अघिल्लो अधिवेशनमा अवरोध गरेको थियो ।

बर्षे अधिवेशन सुरु भएलगत्तै कांग्रेसले राष्ट्रिय सभाको बैठकमा समेत यो विषय उठाएको छ । संसदीय छानकिन समिति गठन नभए कार्यसूचीमा प्रवेश गर्न नदिने बताएको छ ।

यसपछि सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रका सांसद शर्माले राष्ट्रिय सभामा प्रतिनिधि सभाको छायाँ पर्न दिन नहुने बताएका हुन् ।

‘विस्तारै प्रतिनिधि सभाको छायाँ यहाँ पर्ला जस्तो लाग्छ’ कांग्रेसतर्फ संकेत गर्दै उनले भनेका थिए, ‘पल्लोपट्टी रोक्दा यहाँ रोकिने, त्यहाँ नारा लगाइए यहाँ पनि लाग्ने, त्यहाँ जे जे हुन्छ त्यसको फोटोकपी यहाँ गर्ने हो भने फोटोकपी मेसिन दुई ठाउँ आवश्यक हुँदैन ।’ राष्ट्रिय सभाको फरक पहिचान कायम राख्नुपर्नेमा उनको जोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?