+
+

रंगेलीबाट १८ वटा नक्कली नोटसहित महिला पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २८ गते १६:५८

२८ वैशाख, विराटनगर । प्रहरीले नक्कली नोटसहित मोरङको रंगेली नगरपालिका–९ दोहमनाबाट एक महिलालाई पक्राउ गरेको छ ।

प्रहरीले सुनवर्षी नगरपालिका–५ टकुवाकी ४० वर्षीया कुरेसा खातुनलाई पक्राउ गरेको हो ।

खातुनको साथबाट नेपाली ५०० दरका १८ वटा नक्कली नोट बरामद भएको छ । उनीसँगै रहेका अन्य २ जना पुरुष भने फरार भएका छन् ।

प्रहरीका अनुसार खातुनसहित पहिचान नखुलेका २ जना पुरुष बोका किन्न भनेर बिहीबार दोहमना बजारमा आएका थिए । खातुन र मोटरसाइकलमा रहेका २ जना पुरुषले १२ हजारमा २ वटा बोका किने ।

उनीहरूले १ हजार दरका ३ वटा र ५०० दरका १८ वटा नोट दिएका थिए । बिक्री गर्नेले नोट नक्कली रहेको शंका गरेपछि मोटरसाइकलमा रहेका दुई जना पुरुष भागे ।

बोका लिएरै मोटरसाइकलमा २ जना पुरुष फरार भए पनि उनीहरूसँगै रहेकी खातुनलाई प्रहरीले पक्राउ गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार परीक्षण गराउँदा फेला परेका ५०० दरका नोटहरू नक्कली रहेको र सबै नोटमा एउटै नम्बर उल्लेख छ । १ हजारको तीन वटा नोट भने सक्कली रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?