+
+

नर्सिङ सुन्दरीले देखाए ट्यालेन्ट

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २९ गते १९:१६

काठमाडौँ । नसिर्ङ सुन्दरीको सहभागिता रहने सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस २०२४’को विजेता जेठ ५ गते छनोट हुने भएको छ । फिनालेमा २४ सुन्दरी उपाधिका लागि भिड्दैछन् । फिनाले अघि ‘ट्यालेन्ट राउन्ड’ आयोजना गरिएको छ । जसमा प्रतियोगीले नृत्य, गायनलगायत बिभिन्न ट्यालेन्ट प्रस्तुत गरेका छन् ।

यो सहविधाको प्रतिस्पर्धामा रोशन गहतराज (कोरियोग्राफर), स्कृति मास्के (सह-प्रोफेसर), रोनिश खड्गी (विजेता मोडल हन्ट नेपाल २०२४), नम्रता श्रेष्ठ (मिस नेपाल २०२०), सजना केसी ( एनक्लेक्स नेपाल एमडी), कोसिस क्षेत्री (गायक) लगायत निर्णायक थिए । फिनालेमै ट्यालेन्ट राउण्डको विजेता पनि घोषणा गरिने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।

प्रतियोगिताको यो ७ औँ संस्करण हो । यस संस्करणमा प्रलिजा ढकाल, दिव्या बम ठकुरी, प्रिया सुनुवार, नबिना हयु राई, प्रिया पाण्डे, समीक्षा भण्डारी, लस्ता श्रेष्ठ, सुरुची देवकोटा, स्वस्तिक बुढाथोकी, आयुषा गुरागाईं, मोनिका थापा मगर, सिमा राउत, रिया जोशी, गुञ्जना बाँस्तोला, लालीमाया तामाङ, सलिना बडे, सिजा कार्की, अपेक्ष्य कोइराला, बिधि लम्साल, सदिती श्रेष्ठ, रविना डंगोल, अनिशा पराजुली, कविता पाल, पला रेग्मी प्रतियोगी छन् ।

अन्तराष्ट्रियस्तरमै शान्तिको सन्देश फैल्याउँदै नर्सिङ पेसा रोजेका र अध्ययन गरिरहेकालाई पेसा र समाजप्रति थप उत्तरदायी तुल्याउने उद्देश्य प्रतियोगिताको रहेको आयोजक नेक्टस् मोडल नेपालकी प्रबन्ध निर्देशक यतना पाण्डेले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?