+
+

एकीकृत समाजवादी निकट युवाहरुको खबरदारी अभियान

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३० गते ६:२०

३० वैशाख, काठमाडौ । नेकपा एकीकृत समाजवादी निकट युवाहरुले राष्ट्रियताका लागि दबाव कार्यक्रम गरेको छ ।

छिमेकी मुलुक भारतले नेपालको आन्तरिक मामलामा हस्तक्षेप नरोकेको भन्दै युवा संघ नेपालले माइतीघर मण्डलमा खबरदारी कार्यक्रम गरेको हो । ‘हाम्रो नोटमा हाम्रै देश, आन्तरिक मामलामा नगर हस्तक्षेप’, ‘उठौ युवा एकै साथ, रोकौ भारतीय विस्तारवाद’ लगायत नारा सहित शनिबार दिउँसो युवा संघले प्रदर्शन गरेको छ ।

नेपालमा भारतीय हस्तक्षेप नरोकिएकाले प्रदर्शन गरिएको प्रवक्ता सञ्जिव राईले बताए । सरकारले सय रुपैयाँको नोटमा लिम्पियाधुरासहितको नेपालको नक्सा राख्ने निर्णय गरेपछि भारतीय पक्षले आपत्ति जनाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?