+
+

यी हुन् सर्वाधिक आर्थिक स्थायित्व भएका विश्वका १० देश

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३० गते १४:३६

आर्थिक स्थायित्व कुनै पनि देशको समृद्धि तथा कल्याणलाई निर्धारण गर्ने निकै महत्वपूर्ण तत्व हो ।

विश्वमा उत्कृष्ट वित्तीय प्रणाली, दिगो आर्थिक वृद्धि तथा उच्च गुणस्तरको जीवनयापनसँगै आर्थिक स्थायित्व भएका शीर्ष १० देशको सूची यस्तो छ :

१. स्विट्जरल्याण्ड : कुल गार्हस्थ उत्पादन तीन खर्ब ९५ अर्ब डलर रहेको स्विट्जरल्याण्ड विश्वको सबैभन्दा धेरै आर्थिक स्थायित्व भएको देश हो ।

सशक्त बैंकिङ क्षेत्र, न्यून बेरोजगारी दर र नागरिकको उच्च गुणस्तरीय जीवनका कारण स्विट्जरल्याण्ड विश्वकै समृद्ध मुलुक मात्र होइन आर्थिक स्थायित्वको दृष्टिले पनि सबैभन्दा अगाडि रहेको मुलुक हो।

२. संयुक्त अरब इमिरेट्स :  विश्वमा सर्वाधिक आर्थिक स्थायित्व भएका मुलुकको दोस्रो स्थानमा रहेको यूएईको कुल गार्हस्थ उत्पादन ५७९ अर्ब डलर छ । व्यवसायमैत्री वातावरण, पर्यटक उद्योगको प्रवर्द्धन तथा विशाल भौतिक पूर्वाधारले यूएईलाई आर्थिक रुपमा समृद्ध बनाएको छ।

३. क्यानडा : अत्यधिक प्राकृतिक सौन्दर्य तथा स्रोतसाधनले भरिपूर्ण क्यानडाको कुल गार्हस्थ उत्पादन २.१४ ट्रिलियन डलर रहेको छ । उच्च दक्ष जनशक्ति तथा स्थायित्वयुक्त राजनीतिक प्रणालीले युक्त क्यानडाले वातावरणीय दिगोपना र नवप्रवर्तनशीलता जोड दिँदै आएको छ भने नागरिकको उच्च गुणस्तरीय जीवनयापन सुनिश्चित गरेको छ।

16 stunning places to visit in Germany - Lonely Planet

४. जर्मनी : कुल ४.०७ ट्रिलियन डलर जिडिपी रहेको जर्मनी विश्वका सर्वाधिक आर्थिक स्थायित्व भएका मुलुकको सूचीमा चौथो स्थानमा छ । जर्मनी युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र पनि हो ।औद्योगिक पावरहाउसको रुपमा रहेको जर्मनीमा अत्याधुनिक पूर्वाधार तथा दक्ष श्रमशक्तिको उपलब्धताले आर्थिक समृद्धिमा योगदान पुर्‍याएको छ ।

५. जापान :  अत्याधुनिक प्रविधि क्षेत्र, कुशल पूर्वाधार तथा सशक्त औद्योगिक आधारका कारण जापान विश्वकै ठूलो अर्थतन्त्र मात्र होइन आर्थिक स्थायित्व भएको मुलुकको सूचीमा पनि रहँदै आएको छ । कुल गार्हस्थ उत्पादन २.४३ ट्रिलियन डलर रहेको जापान यो सूचीमा पाँचौँ स्थानमा रहेको छ।

६. स्विडेन : प्रगतिशील सामाजिक नीतिहरु, नवप्रवर्तनशीलतामूखी अर्थतन्त्र तथा उच्च गुणस्तरीय जिवनका लागि स्विडेन विश्वमा परिचित छ । मजबुत रुपमा अनुसन्धान र विकासमा ध्यान केन्द्रित गरेको स्विडेनले आधुनिक र समावेशी अर्थतन्त्रको नमूना पेस गरेको छ। यो मुलुकको कुल गार्हस्थ उत्पादन ५८६ अर्ब डलर छ ।

७. अष्ट्रेलिया : प्रचुर प्राकृतिक स्रोतसाधनले भरिपूर्ण रहेको अष्ट्रेलियाले उसको राजनीतिक प्रणालीको स्थायित्व र उच्च दक्ष जनशक्तिका कारण आफ्नो आर्थिक समृद्धिलाई डगमगाउन दिएको छैन । विश्वकै आर्थिक रुपमा स्थायित्व भएको मुलुकको सूचीमा सातौं स्थानमा रहेको अष्ट्रेलियाको कूल गार्हस्थ उत्पादन भने १.६८ ट्रिलियन डलर छ।

20 Must-Visit Attractions in the Hague, the Netherlands

८. नेदरल्याण्ड्स : यो मुलुक विश्वव्यापी व्यापार तथा वित्तको हब नै हो । ९९१ बिलियन डलर कूल गार्हस्थ उत्पादन रहेको नेदरल्याण्ड्समा उद्यमशीलता, नवप्रवर्तनशीलताको बलियो परम्परा हुनुका साथै अन्तर्राष्ट्रिय सहकार्य पनि निकै नै उदाहरणीय हुने गरेको छ ।

९. नर्वे : तेल तथा ग्याससँगै प्रचुर प्राकृतिक स्रोतसाधनले भरिएको नर्वेमा न्यून बेरोजगारी दर, उच्च ज्यालादर र निकै मनकारी सामाजिक कल्याण प्रणाली रहेका कारण यहाँको अर्थतन्त्रमा सदैव स्थायित्व रहँदै आएको छ । नर्वेको कूल गार्हस्थ उत्पादन ५७९ अर्ब डलर रहेको छ।

१०. डेनमार्क : कुल गार्हस्थ उत्पादन ३९६ अर्ब डलर रहेको डेनमार्क कल्याणकारी राज्यका रुपमा रहेको छ । त्यहाँको प्रतिस्पर्धी व्यवसायिक वातावरण र उच्च गुणस्तरीय पूर्वाधारका कारण डेनमार्क विश्वमा आर्थिक स्थायित्व भएका शीर्ष १० देशको सूचीमा अटाउन सफल भएको छ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?