+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बढुवा भएका चार प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३० गते १८:१९

३० वैशाख, काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक-एआईजी)मा बढुवा भएका दुई र डीआईजीमा बढुवा भएका दुई गरी चार प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

एआईजीमा बढुवा भएका उमेशराज जोशी र भिमप्रसाद ढकाल र प्राविधि डिआईजीमा बढुवा भएका नवीन्द्र अर्याल र देउती गुरुङलाई प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न प्रदान गरे ।

कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूले पदोन्नतिसँगै जिम्मेवारी वोध गरी संगठनको हितमा रणनीतिक रूपमा विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए ।

आगामी दिनमा कुशल नेतृत्व प्रदान गर्न आग्रह गर्दै परिणाममुखी समन्वयका साथ सामुहिक प्रयास सहित संगठनको छवि र शिर उच्च पार्न भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।

पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक उमेश राज जोशीले पदोन्नतिसँगै थपिएको जिम्मेवारी भरोसा, विश्‍वास र थप कर्तव्य वोधका साथ पूरा गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?