+
+

जानकी मेडिकल कलेजमा सुत्केरी मृत्युको घटना साढे १३ लाखमा मिलापत्र

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते १९:३३

३१ वैशाख, जनकपुरधाम । धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा सुत्केरीको मृत्यु भएपछि उत्पन्न विवाद साढे १३ लाख रुपैयाँ लेनदेनमा समाधान गरिएको छ ।

शनिबार राति सुत्केरी व्यथा लागेपछि भर्ना भएकी धनुषा लक्ष्मीनिया गाउँपालिका–५ बनिनियाकी २७ वर्षीया अनिताकुमारी यादवको सोमबार बिहान ९ बजे मृत्यु भएको थियो ।

शल्यक्रियामा लापरबाही गरेका कारण मृत्यु भएको भन्दै मृतकको परिवारले सोमबार बिहान ९ बजेदेखि अस्पतालमा विरोध जनाएको थियो । त्यस क्रममा प्रदर्शनकारीले अस्पतालको मूलगेटमा टायर बालेर प्रदर्शन गर्नुका साथै अस्पताल तोडफोड गरेका थिए ।

मृतकका आफन्त वीरेन्द्र यादवका अनुसार आइतबार बिहान ११ बजे शल्यक्रियाबाट अनिताले छोरा जन्माएकी थिइन् । शल्यक्रियामा चिकित्सकले लापरबाही गर्दा अवस्था बिग्रिँदै गएर सोमबार विहान मृत्यु भएको यादवको भनाइ छ ।

शल्यक्रियाको बेला एनेस्थेसियाका चिकित्सक नभई सिकारुले बेहोस गरेकाले विस्तारै अवस्था गम्भीर हुँदै मृत्यु भएको परिवारजनको आरोप छ ।

घटनापछि अस्पतालमा तोडफोड र आन्दोलनको कारण सोमबार अपरान्हसम्म अवस्था तनावग्रस्त बनेको थियो ।

मृतक र अस्पताल प्रशासनबीच भएको वार्तामा मृतकको किरिया खर्च बापत ३ लाख ५० हजार र तीन छोराछोरीको पठनपाठनका लागि १० लाख रुपैयाँ गरी १३ लाख ५० हजार रुपैयाँ दिने र श्रीमानलाई योग्यता अनुसारको जागिर दिने सहमति भएको एक आफन्तले बताए ।

अस्पतालका निर्देशक धर्म सुवेदीले उपचारमा लापरवाही नभएको दाबी गरे । तर अस्पतालमा तोडफोड हुँदा प्रहरीले सहयोग नगरेपछि बाध्य भएर वार्तामार्फत समस्या समाधान गरिएको उनको भनाइ छ ।

‘शल्यक्रियामा डाक्टरको कुनै कमजोरी छैन । जबरजस्ती तोडफोड गरेपछि प्रहरीले पनि केही गरेन’, निर्देशक सुवेदीले भने, ‘यस्तो बेला के गर्ने बाध्यता हो ।’ सहमतिपछि मृतकका परिवारले शव बुझेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?