+
+

आईएमई लाइफले बोलायो साधारणसभा, २५ प्रतिशत बोनस सेयर पारित हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ४ गते ९:१०

४ जेठ, काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि बोनस सेयर दिने प्रस्ताव पारित गर्न जेठ २८ गतेका लागि साधारणसभा आह्वान गरेको छ । साधारणसभाले यसअघि सञ्चालक समितिले प्रस्ताव गरेको २५ प्रतिशत बोनस सेयर दिने निर्णय पारित गर्नेछ ।

२५ प्रतिशत बोनस सेयर दिएपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । सबै जीवन बीमा कम्पनीहरूलाई न्यूनतम चुक्ता पूँजी ५ अर्ब तोकिएको छ ।  हाल यस कम्पनीको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ छ । त्यस्तै साधारणसभाले कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश दिने निर्णय पनि पारित गर्नेछ ।

वार्षिक साधारणसभाका लागि जेठ १४ गतेका लागि कम्पनीले बुक क्लोजको मिति तय गरेको छ । बुक क्लोजको अघिल्लो दिन १३ गतेसम्म सेयर खरिद वा होल्ड गरेका सेयरधनीले साधारणसभामा भाग लिन र बोनस सेयर पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?