
काठमाडौं । लैंगिक अल्पसंख्यकको सौन्दर्य प्रतियोगिता ‘मिस पिंक २०२४’ को उपाधि अनमोल राईले जितेकी छन् । राष्ट्रिय नाचघरमा आयोजित फिनालेमा उनले एक लाख रुपैयाँ नगदसहित ताज जितिन् ।
फिनालेमा १८ जनाले प्रतिस्पर्धा गरेका थिए । विजेता भएसँगै उनले बैंककमा आयोजना हुने मिस इन्टरनेसनल क्विनमा मुलुकको प्रतिनिधित्व गर्नेछिन् ।
फस्ट रनरअपको उपाधि सरोसी न्यौपानेले जितिन् । उनले ७५ हजार रुपैयाँ प्राप्त गरिन् । सेकेन्ड रनरअप बनेसँगै आरोही बस्नेतले ५० हजार रुपैयाँ प्राप्त गरिन् ।
लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायमाथि हुने घृणाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसर पारेर प्रतियोगिता आयोजना गरिएको हो । ब्लु डायमन्ड सोसाइटीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको बौद्धिक र सौन्दर्य प्रवर्द्धनको लागि भन्दै ट्रान्स-वुमनको पेजेन्ट आयोजना गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4