+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

आंशिक प्राध्यापकले ताला लगाएका कारण त्रिचन्द्रमा पठनपाठन ठप्प

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते २०:३२

८ जेठ, काठमाडौं । आंशिक प्राध्यापकहरुले पारिश्रामिक माग गर्दै ताला लगाएका कारण त्रिचन्द्र क्याम्पसमा पठनपाठन रोकिएको छ । गत वर्ष साउनदेखि नै पारिश्रमिक नपाएको भन्द आंशिक प्राध्यापकहरुले ३ जेठमा तालाबन्दी गरेका थिए ।

आंशिक प्राध्यापकहरुले प्रशासन, लेखा, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुखहरुको कार्यकक्षमा ताला लगाएर पढाउन पनि छाडका छन् । करिब ७० प्रतिशत कक्षाभार लिइरहेका आंशिक प्राध्यापकले पढाउन छाडेपछि पढाइ प्रभावित भएको त्रिवि आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिका अध्यक्ष गोकुल लिम्बुले बताएका छन् ।

सहायक क्याम्पस प्रमुख बालकृष्ण पौडेलले आंशिक प्राध्यापकलाई दिने पारिश्रमिकको दरमा सहमति नभएका कारण समस्या भएको बताए । लेखाले ४० मिनेट अध्यापन गराएको शिक्षकको पारिश्रामिक ३९४ रुपैयाँ मात्रै दिन मिल्ने र त्यस भन्दा बढी दिँदा बेरुजु देखिने बताएको पौडेलको भनाइ छ ।

‘अघिल्लो वर्ष ४० मिनेट अध्यापन गराएको पारिश्रामिक ५९० दिइएको हो तर, पछि लेखाले ४० मिनेट पढाएको पारिश्रामिक एक घण्टा बराबरको दिन नमिल्ने भन्दै २२ लाख रुपैयाँ बेरुजु निकालेपछि हामीले उहाँहरुलाई ३९४ लिन अनुरोध गर्दा अघिल्लो वर्ष दिएर यो वर्ष किन नहुने भन्ने भएपछि समस्या भएको हो’, उनले भने ।

आंशिक प्राध्यापकलाई एउटा कक्षा लिएको ५९० रुपैयाँ नै दिने तर त्यसको अवधि एक घण्टा हुनुपर्ने क्याम्पसको निर्णय रहेको पौडेलले बताए ।

त्रिचन्द्रका आंशिक प्राध्यापकहरु भने २०७७ सालदेखि दिँदै आएको पारिश्रामिक घटाएर क्याम्पसले प्रस्ताव गरेको ३५३ रुपैयाँ नलिने अडानमा छन् । त्रिचन्द्रमा हाल २१६ जना आंशिक प्राध्यापक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?