+
+
फ्राइडे रिलिज :

‘फ्युरिओसा’ हलमा, ‘फर्की फर्की’ र ‘पुजार सार्की’को कस्तो रह्यो ओपनिङ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ११ गते १२:४१

काठमाडौं । सन् २०२४ को हलिउडको बहुप्रतीक्षित एक्सन-एड्भेन्चर फिल्म ‘फ्युरिओसा : अ म्याड म्याक्स सागा’ शुक्रबारदेखि नेपालमा समेत रिलिज भएको छ ।

जर्ज मिलर निर्देशित यो डिस्टोपियन कथावस्तुको फिल्म गत साता प्रसिद्ध कान्स फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको थियो ।

‘म्याड म्याक्स’को यो पाँचौं श्रृंखला हो । यो श्रृंखलामा शीर्ष पात्र फ्युरिओसाको भूमिकामा आन्या टेलर जोयले अभिनय गरेकी छन् । यसअघि चार्लिज थेरोनले गरेको मौलिक फ्युरिओसा चरित्रको पछिल्ला तन्नेरी अवतारमा आन्या देखिएकी हुन् ।

तपाईंलाई हलिउडको चर्चित म्याड म्याक्स फ्रेन्चाइजीमा रुचि छ भने यो फिल्म दर्शनीय हुनसक्छ । यो फिल्ममा आन्यासहित क्रिस हेम्सवर्थ र चार्ली फे्रजरको अभिनय छ ।

फर्की फर्की’ र ‘पुजार सार्की’को ओपनिङ कस्तो रह्यो ?

बुद्ध जयन्तीको सन्दर्भमा बिहीबारदेखि रिलिज भएका अनमोल केसी स्टारर ‘फर्की फर्की’ र प्रदीप खड्काको ‘पुजार सार्की’ले घरेलु बक्स अफिसमा उत्साहजनक ओपनिङ गरेका छन् ।

भिन्न जनरामा बनेका यी दुई फिल्मले पहिलो दिन लक्षित दर्शकलाई केही हदसम्म हलसम्म तान्न सके । ‘फर्की फर्की’ हेर्न बिहीबार युवापुस्ताको घुइँचो लाग्यो भने ‘पुजार सार्की’ हेर्न सबै उमेर समूहका दर्शक हलमा पुगेका थिए ।

महत्वपूर्ण कुरा अभिनेता अनमोल केसीलाई ‘फर्की फर्की’को ओपनिङले ठूलै राहत दिएको छ । ‘छड्के २’ मा गुमेको उनको स्टारडम ‘फर्की फर्की’सँगै फिर्ता भएको अनुमान गरिएको छ ।

‘पुजार सार्की’लाई आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको दर्शकीय क्रेजले ओपनिङमा मद्दत मिलेको अनुमान छ । शुक्रबारदेखि पाँचौं सातामा प्रवेश गरेको ‘बोक्सीको घर’ले पनि सीमित हलमा राम्रै कमाइ गर्ने अनुमान छ । चौथो बिहीबार समेत ‘बोक्सीको घर’को केही शो हाउसफुल थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?