+
+
Shares

धावनमार्गको ‘खाल्डो’ पुरेपछि त्रिभुवन विमानस्थल खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ११ गते १३:२७
फाइल तस्वीर

११ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा परेको खाल्डो पुरेपछि सबै उडान अवतरण पुनः सुरु भएको छ ।

धावनमार्गको लगभग बीच भागमा सानो आकारको खाल्डो परेपछि पौने घण्टाका लागि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको थियो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले धानवमार्गको ०२ (कोटेश्वरपट्टि) भागमा परेको खाल्डो पुरेपछि उडान अवतरण सबै खुलेको छ ।

‘खाल्डो पुरेपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवैका उडान अवतरण खुलेको छ,’ झाले अनलाइनखबरसँग भने, ‘मर्मतपछि सुक्न समय लाग्ने भएकाले ४५ मिनेट सबै उडान अवतरण रोकेका थियौं ।’

विमानस्थलका अनुसार काठमाडौं आइरहेका धेरै वायुसेवा कम्पनीका जहाज ‘होल्ड’ भएका थिए ।

थाइल्यान्डको बैंककबाट आइरहेको थाई एयरवेज, मलेसियाको क्वालालम्पुरबाट आइरहेको मेलसिया एयरलाइन्स लगायत होल्ड गरेका थिए भने आन्तरिकतर्फ बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स लगायत पनि होल्डमा थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?