+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

राष्ट्रपति चुरे संरक्षण समितिको कार्यालय घेराउ गर्दै संरक्षण अभियन्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते ९:५७
फाइल फोटो ।

१३ जेठ, काठमाडौं । आफूहरुको माग सुनुवाई नभएको भन्दै चुरे तथा वन जंगल संरक्षण अभियानले आइतबार राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको कार्यालय घेराउ गर्ने भएको छ । ३ दिनदेखि माइतीघरमा शान्तिपूर्ण धर्ना बसिरहेको तर, सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको उनीहरुको दाबी छ ।

चुरे पहाड दोहन, उत्खनन् र वन जंगल फडानीले समस्यामा परेको भन्दै मधेशका विभिन्न जिल्लाबाट २३ जनाको टोली २५ दिन पैदल हिँडेर बिहीबार काठमाडौं आइपुगेको थियो । टोलीले ष्ट्रपति चुरे संरक्षण समितिको कार्यालय घेराउ गर्ने र हालसम्मको प्रगति विवरणसमेत माग गर्ने अभियानका संयोजक सुनिलकुमार यादवले जानकारी दिए ।

‘हाम्रो माग यथावत नै छ । आजै हामी समितिको कार्यालयमा घेराउ गर्छौं, धर्ना बस्छौं । त्यसपछि हालसम्मको प्रगति विवरण पनि माग गर्छौं’, यादवले अनलाइनखबरसँग भने, ‘समितिअन्तर्गत रहेका ५ वटा इकाईको छानबिन समिति गठन गर्न पनि माग गर्छौं ।’

समितिको कार्यालयमा ज्ञापनपत्र बुझाइसकेपछि आजै माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा पनि ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको अभियानका संयोजक यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?