+
+

सुनको भाउ स्थिर

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते १०:४८

१३ जेठ, काठमाडौं । आइतबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँ तोकेको छ । शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो । यसअघि जेठ ७ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । अघिल्लो दिन तोलामा १८५५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ । यसअघि जेठ ७ गते चाँदीको भाउ अहिलेसम्मकै उच्च १९४० रुपैयाँ पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?