+
+

सुनिल नारायणले जिते मोष्ट भ्यालुएबल प्लेयर अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १४ गते ६:२८

१४ जेठ, काठमाडौं । कोलकाता नाइट राइडर्सका स्पिन अलराउण्डर सुनिल नारायणले इन्डियन प्रिमियर लिग (आईपील) २०२४ मा मोष्ट भ्यालुएबल (सर्वोत्कृष्ट) खेलाडीको अवार्ड जितेका छन् ।

कोलकातालाई तेस्रोपटक च्याम्पियन बनाउन सुनिल नारायणले सानदार अलराउण्ड प्रदर्शन गरेका थिए ।

कोलकाताले फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो । सुनिल नारायणले यस सिजनको आईपीएलमा १७ विकेट लिनुको साथै ४८८ रन बनाएका थिए । नारायणले यसअघि २०१२ र २०१८ मा मोष्ट भ्यालुएबल प्लेयरको अवार्ड जितेका थिए ।

रोयल च्यालेन्जर्स बेंगलुरुका विराट कोहलीले ७४१ रन बनाउँदै ओरेन्ज क्याप जितेका छन् । त्यस्तै पञ्जाब किंग्सका हर्षल पटेलले २४ विकेटका साथ पर्पल क्याप जिते ।

सनराइजर्स हैदराबादले फेयर प्ले अवार्ड जितेको छ । त्यस्तै हैदराबादका नितेश कुमार रेड्डीले इमर्जिङ प्लेयर अवार्ड उपाधि जिते ।

च्याम्पियन कोलकाताले २० करोड भारु उपाधि पाउनेछ । उपविजेता हैदराबादले १२ करोड ५० लाख भारु पाउनेछ । व्यक्तिगत अवार्डतर्फका विजेताले समान १० लाख पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?