+
+

कुमारी बैंकको १० लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १४ गते ९:१५

१४ जेठ, काठमाडौं । कुमारी बैंकको १० लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा आएको छ । प्रतिकित्ता न्यूनतम १ सय रुपैयाँका दरले इच्छुक जो कोही व्यक्ति तथा संघसंस्थाले लिलामी सेयरमा आवेदन दिन सक्नेछन् ।

सोमबारदेखि जेठ २२ गतेसम्म आवेदन दिने म्याद तोकिएको बिक्री प्रवन्धक कुमारी क्यापिटलले जनाएको छ । ‘न्यूनतम १ लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ भने सोभन्दा बढीको लागि १ हजारको गुणानमा वा सम्पूर्ण कित्ता खरिदको लागि आवेदन दिन पाइनेछ’ क्यापिटलले एक सार्वजनिक सूचनामार्फत भनेको छ ।

बोलपत्र आवेदन जेठ २३ गते क्यापिटलको कार्यालय नक्सालमा खोलिने छ । बजारमा यस कम्पनीको संस्थापक सेयर अन्तिम पटक कारोबार हुँदा मूल्य प्रतिकित्ता १०४ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?