+
+

कार्यक्रम सुरू भइसकेपछि स्वास्थ्यमन्त्री यादव जेनेभा जाँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १४ गते १७:०७

१४ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव स्वीट्जरल्याण्डको जेनेभा कार्यक्रममा जाने भएका छन् ।

जेनेभामा २७ मे देखि १ जुनसम्म विश्व स्वास्थ्य संगठनको ७७ औँ महासभा भइरहेको छ । शुक्रबार (मे २४) मै जाने तयारी भएपनि बदलिदो राजनीतिक घटनाक्रमले जेनेभा भ्रमण रोकिएको थियो ।

‘केही जरुरी काम परेको रोक्नु भएको थियो । आज राति २ बजे टिकट छ,’ मन्त्रालय उच्च स्रोतले भन्यो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. संगिता कौशल मिश्रा र स्वास्थ्य मन्त्रालय समन्वय महाशाखाका प्रमुख डा. चुमनलाल दास शुक्रबार नै जेनेभा गइसकेका छन् ।

डब्लुएचओले सभा सुरु भएको पहिलो दिन २७ तारिखमै नेपालको बोल्ने पालो छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले फुटेर बनेको नयाँ दल जसपाको कानुनी प्रक्रिया नै पूरा नभएको भन्दै सर्बोच्चमा मुद्धा हालेपछि मन्त्री यादवले भ्रमण स्थगित गरेका थिए ।

उक्त मुद्धाको पेशी १४ जेठका लागि तोकिएको कारण मन्त्री यादव रोकिएका थिए । तर आजपनि उक्त मुद्धा हेर्न/नभ्याइनेमा परेको आज मन्त्री यादव जनेभा उड्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?