+
+

बजेटलाई अन्तिम रूप दिन अर्थमन्त्री नेतृत्वको बैठक

अर्थमन्त्री वर्षमान पुनको नेतृत्वमा मन्त्रालयमा सुरु भएको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ, अर्थसचिव मधु मरासिनी र राजस्व सचिव रामप्रसाद घिमिरे तथा बजेट लेखन टोलीका सदस्य सहभागी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १४ गते १८:०९

१४ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेट मस्यौदालाई अन्तिम रूप दिन अर्थमन्त्री वर्षमान पुनसहित उच्च अधिकारीहरूको बैठक सुरु भएको छ ।

अर्थमन्त्री पुनको नेतृत्वमा मन्त्रालयमा सुरु भएको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ, अर्थसचिव मधु मरासिनी र राजस्व सचिव रामप्रसाद घिमिरे तथा बजेट लेखन टोलीका सदस्य सहभागी छन् ।

बजेट लेखन टोलीका सदस्यमा अर्थ मन्त्रालयका सहसहसचिवहरू धनिराम शर्मा, रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य र ईश्वरी अर्याल तथा आन्तरिक राजस्व कार्यालयका उपमहानिर्देशक पार्वती शर्मा छन् ।

राष्ट्रिय स्रोत अनुमान समितिले अर्थ मन्त्रालयलाई आव २०८१/८२ लाई १८ खर्बको ‘सिलिङ’ (बजेट सीमा) दिएको छ ।

मध्यमकालीन खर्च संरचनाले आगामी वर्षका लागि १९ खर्ब ४९ अर्ब ५० करोडको बजेट सिलिङ तोकेको थियो । स्रोत समितिले दिएको सिलिङमा नभई मध्यमकालीन खर्च संरचनाको सिलिङभित्र रहेर बजेट ल्याउने तयारी अर्थमन्त्री पुनले गरेका हुन् ।

स्रोत समितिले भने राजस्वबाट १२ खर्ब ४५ अर्ब रुपैयाँमात्र पुग्ने अनुमान गरेको थियो ।

प्रधानमन्त्रीको निर्देशनमा केही वितरणमुखी कार्यक्रम थप गर्नुपर्दा बजेटको आकार बढ्ने अनुमान छ । अहिले बजेटमा समावेश भएका कार्यक्रम काँटछाँट हुने र मंगलबार बिहान १० बजे राष्ट्रिय योजना आयोगको पूर्णबैठक बसेर बजेटमा जुन अंक आउँछ, त्यसलाई नै स्वीकृत गरेर सार्वजनिक गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?