+
+

नेप्सेको पुनर्संरचना गरिने, ठूला कम्पनीलाई सूचीकरण गराइने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १७:३७

१५ जेठ, काठमाडौं । सरकारले बजेटमार्फत नेप्सेको पुनर्संरचना गर्ने घोषणा गरेको छ । देशमा अर्को स्टक एक्स्चेन्ज संचालन गर्ने/नगर्ने विषयमा वहस चलेका बेला बजेटले नेप्सेको पुर्नसंरचना गर्ने घोषणा गरेको हो ।

नेप्सेले विदेशी रणनीतिक साझेदार, स्वदेशका उद्योगी व्यवसायी तथा सर्वसाधारणमा सेयर जारी गरी पुर्नसंरचना गर्नुपर्ने सुझाव दिएको थियो । सो सुझावअनुसार बजेटमा सम्बोधन गरिएको छ । त्यस्तै धितोपत्र बोर्डको संस्थागत सुदृढीकरण गरिने, सीडीएससीको संरचनागत सुधार गरिने बजेटमा उल्लेख छ ।

निश्चित रकमभन्दा बढी पूँजी भएका कम्पनीलाई अनिवार्य रुपमा सूचीकरण हुनुपर्ने व्यवस्था गरिने बजेटमा उल्लेख छ । यद्यपि पूँजीको आकार भने तोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?