+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
158/4 (18.5)
VS
चितवन राइनोज 2025
0/0
Shares

बीओपीको संख्या २६० पुर्‍याइने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १९:२४

१५ जेठ, काठमाडौं । सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी)को संख्या २६० पुर्‍याइने भएको छ ।

आगामी आर्थिक वर्षभित्र सीमा सुरक्षाका लागि खटाइने सशस्त्र प्रहरीको बीओपी युनिटको संख्या २६० बनाइने भएको हो ।

मंगलबार दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले घोषणा गरेको बजेटठमा बीओपीको संख्या २६० बनाइने उल्लेख छ । अहिले उत्तरी चीनतर्फको सीमा र दक्षिण भारततर्फको सीमामा गरेर जम्मा २५४ वटा बीओपी छन् ।

आर्थिक आर्थिक वर्षभित्र यसलाई बढाएर २६० पुर्‍याउने लक्ष्य सरकारले लिएको छ । त्यस्तै अहिले कायम रहेका २५४ बीओपी मध्ये १३९ बीओपीको आफ्नै भवन छ । आगामी आर्थिक वर्षभित्र १२ वटा बीओपी भवन निर्माण गरी १५१ वटा पुर्‍याइने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?