+
+

कास्कीमा बस नालामा खस्दा ८ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १७ गते ९:३८

१७ जेठ, काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकामा बिहीबार बिहान बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । काठमाडौंबाट म्याग्दी बेनी जाँदै गरेको बा ५ ख २८५ नं.को बस बिहान करिब पौने ४ बजे अन्नपुर्ण-१, लेवाडेमा दुर्घटना भएको थियो ।

१३ जना सवार उक्त बसका चालकसहित ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । घाइतेहरुको पोखराकै विभिन्न अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । एकजनाको म्याग्दी बेनीमा उपचार भइरहेको छ ।

बस सडकको दायाँ साइडतर्फ नालामा पल्टिएर दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?