+
+

बोर्डले धनगढीमा दोस्रो राष्ट्रिय बालचलचित्र महोत्सव गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १७ गते १८:५८

काठमाडौं । चलचित्र विकास बोर्डले आगामी असार ७ गतेदेखि ९ गतेसम्म धनगढीमा दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव-२०८१ आयोजना गर्ने भएको छ । बोर्डले महोत्सव व्यवस्थापनसम्बन्धी कार्यका लागि बोर्ड सदस्य एवं प्रवक्ता केएल बुढाथोकीलाई संयोजक तोकेको छ ।

दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सवमा बालबालिका तथा वयस्कहरुले निर्माण गरेका बालचलचित्रको प्रदर्शन तथा प्रतिस्पर्धा गराइने बोर्ड प्रवक्ता बुढाथोकीले जानकारी दिए । महोत्सवमा प्रदर्शन गरिने बालचलचित्र जेठ २५ गतेसम्म उपलब्ध गराउन बोर्डले फिल्मकर्मीहरुलाई आह्वान गरेको छ ।

दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव-२०८१ मा बालचलचित्रको प्रदर्शन,  अन्तरक्रिया, सिने संवाद, फोटो तथा बालपुस्तक प्रदर्शनी, झाँकी, सांस्कृतिक एवं सांगीतिक प्रस्तुति रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?