+
+

गायक ईश्वर श्रेष्ठले ल्याए ‘छ माछी जालौमा’ गीतको नयाँ भर्सन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते १८:००

काठमाडौं । गायक इश्वर श्रेष्ठले ‘छ माछी जालौमा’ बोलको गीत बजारमा ल्याएका छन् ।

शनिबार ललितपुरको अलग आर्ट हबमा गणतन्त्र दिवसको दिन एक कार्यक्रमको आयोजना गरेर गायक इश्वर श्रेष्ठले उक्त गीत र गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

इश्वर श्रेष्ठ र एलिना उदासको को स्वरमा रहेको उक्त गीत पुरानो गीत छ माछी जालैमा को पुनर्रेकडिङ्ग गरिएको गीत हो ।

रेडियो नेपालको पूर्व कर्मचारी बाबुकाजी थापाको लय तथा संकलनमा रहेको उक्त गीतको ओरिजिनल गायक राम थापा तथा सुनिता सुब्बा हुन् । यो गीतलाई म्युजिक नेपालको आधिकारीक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ भने ४४ भन्दा बढी डिजिटल प्लाटफर्ममा पनि वितरण गरिएको छ ।

यस्तै गीतको म्युजिक भिडियोमा ईश्वर श्रेष्ठ आफै र सृष्टि सुब्बाले अभिनय गरेका छन् ।

गीतको म्युजिक एरेन्ज विष्णु अधिकारी, मास्टरिङ विश्व अधिकारी, र भिडियो धन खालिङले गरेका छन् ।

अलग आर्ट हबमा विगत २ वर्षदेखि आधुनिक सुगम संगीतको साधना गरिरहेका ईश्वर श्रेष्ठ यो गीत गाउन पाएकोमा अत्यन्तै खुशी तथा गर्व महसुस गरेका छन्।

गायिका एलिना उदास द भोइस अफ नेपाल सिजन ३ का प्रतियोगि हुन् भने अलट आर्ट हबका विद्यार्थी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?