+
+

भारतीय सेयर बजारमा ६ हजार अंकको गिरावट

एजेन्सी एजेन्सी
२०८१ जेठ २२ गते १३:०४

२२ जेठ । मंगलबार भारतीय सेयर बजारमा भारी गिरावट आएको छ । लोकसभा चुनावको नतिजा आउने क्रम सुरु भएसँगै भारतीय बजारमा भारी गिरावट देखिएको हो ।

दिउँसो साढे १२ बजेसम्म बीएसई सेन्सेक्स अघिल्लो दिनको तुलनामा ६ हजार अंक (७.९७ प्रतिशत) घटेको छ । साढे १२ बजेसम्म बीएसई सेन्सेक्स ७० हजार ३७४ मा झरेको छ । सोमबार याे सेन्सेक्स ७६ हजार ५९९ अंकसम्म पुगेको थियो ।

त्यस्तै अर्को नेसनल स्टक एक्स्चेन्जको सूचक एनएसई १९ सय बढी अंकले घटेको छ । साढे १२ बजेसम्म यो सूचक १९४७ अंक घटेर २१ हजार ३१६ मा झरेको छ । निफ्टी ५० सूचक ८.३७ प्रतिशत घटेको छ ।

मुख्यतः भारतीय लोकसभाको नतिजा आउने क्रम सुरु भएपछि बजारमा भारी गिरावट देखिएको हो । चुनावको नतिजा भारतीय सञ्चारमाध्यमले गरेको प्रक्षेपणको तुलनामा केही फरक देखिँदा बजार प्रभावित बनेको अनुमान छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?