+
+

जसपा नेपालको राष्ट्रिय महाधिवेशन मञ्च हावाहुरीले भत्कायो

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते १५:०५

२२ जेठ, जनकपुर । जनता समाजवादी पार्टी नेपालको जेठ २८ गतेदेखि जनकपुरमा हुन लागेको प्रथम राष्ट्रिय महाधिवेशनका लागि निमार्णाधीन मञ्च (टेन्ट पण्डाल) हावाहुरीले भत्काइदिएको छ । जसपा नेपालले प्रथम राष्ट्रिय महाधिवेशनका लागि जनकपुरधामको तिरहुतियागाछी मैदानमा मञ्च बनाइरहको थियो ।

एक महिनादेखि बनाइरहेको उक्त मञ्च निर्माण पूरा हुन केहीमात्र बाँकी हुँदा सोमबार राति आएको हावाहुरीले क्षति पुर्‍याएको हो । जसपा नेपालका धनुषा जिल्ला अध्यक्ष पशुपति यादवका अनुसार २० हजार नेता कार्यकर्ता आट्ने क्षमताको सो पण्डाल निर्माणको अन्तिम चरणमा थियो ।

यादवका अनुसार पण्डाल एक महिनादेखि दर्जनौं मजदुरले निर्माण गरिरहेका थिए । रमण कन्ट्रक्सनका सञ्चालक बलराम महतोको लगानीमा उक्त पण्डाल बनिरहेको छ । भत्केको पण्डाल बाँस हटाउँदै पुनः निर्माण गरिने जसपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?