२४ जेठ, काठमाडौं । नेपाली बास्केटबल खेलाडी अनुशा मल्लले ग्रिसमा हुने ६४औं ‘योङ ओलम्पिक एम्बेसडर’ महोत्सवमा भाग लिने भएकी छन् ।
महोत्सवमा समाजमा खेलाडीको भूमिकाबारे छलफल हुनेछ । त्यसक्रममा खेलाडीले ओलम्पिक मूल्य र मान्यताबारे बुझ्ने छन् ।
अनुशाले अन्य सहभागीलाई नेपालको खेलकुदको स्थितिबारे जानकारी दिनेछिन् ।
नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले बिहीबार अनुशालाई एक समारोहबीच बिदाइ गरे ।
कार्यक्रम जुन ८ देखि २१ सम्म हुनेछ र यसमा विश्वभरका २०–४० वर्षका खेलाडीको सहभागिता रहनेछ ।
ओलम्पिकको सुरुआत ग्रिसबाट भएको इतिहास छ र आधुनिक ओलम्पिकको पहिलो संस्करण ग्रिसमै सन् १८९६ मा भएको थियो ।
प्रतिक्रिया 4